नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7309 · वि.सं. २०६१

नि.नं. 7309 — एक रूपता कायम हुन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवेदनमा उल्लेख गरिएका दोहर्‍याई हेर्ने निस्सा प्रदान भएका निवेदनहरु मध्ये निवेदन नम्बर ३८०९, ४८९८, ४२२६, ५१९३, ५१९२ मा मुद्दा दोहर्‍याउने निस्सा प्रदान भएको देखिएकोले अ.वं. २०१ नं. ले फैसला गर्नुपर्ने अवस्थाको हुँदा तामेलीमा राख्न नमिल्ने । § दोहोर्‍याउने आदेश भएपछि स्वतः पुनरावेदनमा रुपान्तरण हुने अवस्थाको निवेदनमा कोर्ट फी समेतका दस्तुरका हकमा ठहरे बमेजिम हुने गरी दर्ता गर्न सकिने बमोजिमको कानूनी व्यवस्था हुँदा हुँदै तारेख गुजारेको भन्ने आधारमा तामेलीमा राख्ने गरी भएको आदेश अ.वं. २०१ र १९३क कोर्ट फी ऐन २०१७ को दफा १४(४) समेतका आधारबाट कानून बमोजिमको मान्न नमिल्ने । § दोहोर्‍याउने आदेश भएको उल्लेखित सबै निवेदनहरुमा पुनरावेदन दर्ताका लागि लाग्ने कानून बमोजिमको कोर्ट फी र अन्य दस्तुर समेत लिई आउनु भनी अंक तोकी यथोचित समय दिई तारेख दिनु पर्नेमा सो बमोजिम गरी पुनरावेदन दर्ता तर्फको कारवाही अघी बढाएको देखिन नआउने । § निस्सा प्रदान भएपछि तारेख नगुजार्दा सम्मको अवधिमा तारेख तोक्दा कोर्ट फी समेतका दस्तुरका सम्बन्धमा उल्लेख गरी तारेख तोक्नु पर्नेमा सो बमोजिम भए गरेको देखिएन । साथै सो सम्बन्धमा कोर्ट फी ऐन, २०१७ को दफा १४(४) मा भएको व्यवस्था बमोजिमको प्रक्रिया समेत अवलम्बन गर्न सकिनेमा सो बमोजिमका काम कारवाही पनि सम्बन्धित फांटबाट भए गरेको देखिएन । यसरी कानून बमोजिमको कार्य गर्नुपर्ने कर्तव्य र दायित्व भएका कर्मचारीले लामो समय सम्म कुनै कारण नखोली पटक पटक साधारण तारेख मात्र तोकी उपरोक्त बमोजिमको कार्य नै नगरी तारेख गुजारेको भनी तामेलीका लागि पेश गरेको देखिएबाट सम्बन्धित कर्मचारीले कानूनी कर्तव्य र दायित्व पूरा गरेको नदेखिंदा त्यस्ता कर्मचारी माथि विभागीय कारवाही गर्नु भन्ने रजिष्ट्रारको नाउंमा आदेश समेत जारी हुने । (प्र.नं. २ र ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7309
मुद्दाको विषयएक रूपता कायम हुन
निर्णय वर्ष / मिति2061/01/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7309
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्