नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7308 · वि.सं. २०६१

नि.नं. 7308 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादको कि.नं. ८५४ को जग्गाको सम्बन्धमा यी वादी प्रतिवादी दुवैले आफ्नो नाउँमा मोही हक कायम हुनुपर्ने भनी उही कार्यालयमा एकै पटक माग गरी एउटै फाटवालाका जिम्मामा दुवै मिसिल रहेकोमा एउटा निवेदनमा मात्र निर्णय गरी अर्को निवेदनलाई दर्ता बदर गर्न जाउ भनी सुनाएको पाइंदा एकै कार्यालयमा एकै पटक परेको उही विषयमा जति उजुर परेको छ सबै एकै साथ राखी हेर्नुपर्नेमा त्यसो नगरेको सो निर्णय र काम कारवाही कानूनसम्मत हुन नसक्ने । § मोहीले जग्गा छाडेमा वा तोकिए वमोजिम कूत नबुझाएमा वा मोही हक हस्तान्तरण गरेमा सो कुराको लिखित सूचना दिनु पर्ने कानूनी व्यवस्था भएकोमा सो वमोजिमको कार्यविधि प्रस्तुत मुद्दाको विवादित जग्गाको सम्बन्धमा भए गरेको नदेखिदा पनि विवादित जग्गाको मोही वादी दावी बमोजिम यी वादी रहेछन् भन्न सकिने अवस्था देखिन नआउने । § वादी प्रतिवादी दुवैको एकै समयमा एकै कित्ता जग्गामा मोही हक कायम गरी पाउ भनी परेको निवेदनमा अलग अलग निर्णय गर्नुका साथै विवादित जग्गा गुठी देखिएकोमा गुठी जग्गाका सम्बन्धमा मोही तेरो मेरोमा निर्णय गर्ने अधिकार नै मालपोत कार्यालयलाई नभएको हुँदा मालपोत कार्यालय नुवाकोटको मिति २०५३।११।२३ को निर्णय अधिकार क्षेत्रात्मक त्रुटी समेतका आधारमा बदर हुने § अधिकारक्षेत्र नै नभएको निकायले फिराद गर्न अदालत जानु भनी गरेको मिति २०५४।४।३० को त्रुटीपूर्ण निर्णयका आधारमा परेको फिरादवाट सुनुवाई गरी सो मालपोत कार्यालयको निर्णय बदर गरी प्रत्यर्थी वादीका नाउँमा मोहियानी नामसारी समेत हुने ठहर गरेको नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला समेत त्रुटी पूर्ण देखिन आउँदा मालपोत कार्यालय नुवाकोटको मिति २०५३।११।२३ को निर्णय वदर गरी प्रत्यर्थी वादीको नाउँमा मोहियानी हक नामसारी हुने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला वदर हुने ठहर्‍याएको हदसम्म माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव ठहर्ने । (प्र.नं. १७ देखि १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7308
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2061/01/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री राम नगिना सिंह | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत नहुँदा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय । | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत निमयावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सदर हुनुपर्छ भनी र प्रत्यर्थी वादी तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र अधिवक्ता श्री तारावहादुर सिटौलाले मिति ०४१।१।२१ को राजीनामावाट प्रतिवादीले मोही हक वादीलाई हस्तान्तरण गरेको | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय सदर हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्