नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7300 · वि.सं. २०६०
नि.नं. 7300 — वाली मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफुले वुझाउनु पर्ने कुत वाली वुझाएको छु भनि जिकिर लिने प्रतिवादीले आफ्नो प्रतिउत्तर पत्रसाथ सो को प्रमाण पेश गरि पुष्टि गराउन सकेको पाइदैन । जग्गाधनीको प्रतिनिधिलाई वुझाएको भने पनि कानून बमोजिमको प्रतिनिधि को थिए सो समेत खुलाएको नपाइनुका साथै शुरु भूमिसुधार कार्यालयले यो विवादित सालको कुत वाली भराउने निर्णय उपर पुनरावेदन सम्म पनि नगरि वसेको देखिन्छ । यस्तो स्थितिमा पुनरावेदक मोहीले सालसालैको कुत वाली जग्गाधनीलाई वुझाउनु पर्ने कानूनी दायित्व पुरा गरेको भन्न नमिल्ने । § भूमि सम्वन्धी ऐन, २०२१ को मिति २०५३।९।२४ मा भएको चौथो संशोधनको दफा २६ ख ले तोकिएको अधिकारीले दफा २६ ग, २६ घ र २६ ङ को अधिनमा मोही लागेको जग्गा, जग्गावाला र मेहीलाई वांडफाड गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ को चौथो संशोधनको उक्त दफाहरुले जग्गाधनी र मोही वीच जग्गा वांडफांडको व्यवस्था गर्नुका साथै सो सम्वन्धी प्रक्रिया समेत निर्धारण गरेकोमा सो वमोजिम कार्वाही चलेको भन्ने मिसिल संलग्न प्रमाणवाट नदेखिने । § जग्गा वाँडफाँड गर्ने कार्यको लागी कानूनले निर्धारण गरे बमोजिमको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र सो निर्धारीत प्रक्रिया पुरा गरी जग्गाको वाँडफाँड भएको अवस्थामा मात्र मोहिले आफ्नो भागमा परेको जग्गामा स्वामित्व प्राप्त गर्न सक्ने अवस्था देखिन्छ । भूमी सम्वन्धी ऐनले दफा २६(ग)(घ)(ङ) मा जग्गा वाँडफाडको व्यवस्था र दफा २९ मा मोहि निष्काशन सम्वन्धी व्यवस्था गरेकोमा दुवै अवस्था भिन्दाभिन्दै देखिने । § एउटा कानूनी व्यवस्था अन्तर्गत अदालत प्रवेश गरि सकेको अवस्थामा सोही विवादको अदालतद्वारा निरुपण हुनुपर्ने नै हुन्छ । पहिले परेको विवादलाई पछि अर्कै कानूनी व्यवस्था अन्तर्गत परेको मागले निष्क्रिय पार्न सक्ने अवस्था देखिदैन । भूमि सम्वन्धी ऐन, २०२१ को चौथो संशोधनले दफा २९ मा कुनै परिवर्तन नगरि यथावत राखेको र सो दफा २९ को प्रावधान वमोजिम मोहीले दायित्व पुरा नगरेको भन्ने आधारमा जग्गा वालाको उजुरी परि सकेको अवस्थामा मोहिले आफ्नो कानून बमोजिमको दायित्व पुरा गरे नगरेकोनै विवादको विषय भएको हुंदा पूर्व इजलासले विपक्षी झिकाउने आदेशमा लिएको आधार संग यो इजलास सहमत हुन नसक्ने । (प्र.नं. १५ र १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7300 |
|---|---|
| मुद्दाको विषय | वाली मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2060/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7300 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
