नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7299 · वि.सं. २०६०
नि.नं. 7299 — उत्प्रेषण लगायत प्रतिषेध समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल अधिराज्यको संविधान तथा अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनको संवैधानिक तथा कानूनी प्रावधान अनुसार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुचित कार्य गर्नेलाई विभागीय कारवाही गर्न साथै अनुचित तरिकाले उत्तिर्ण गराइएको हकमा नियुक्ति बदर गर्न तथा अनुत्तिर्ण गराइएका तर उत्तिर्ण हुनुपर्ने परीक्षार्थीलाई नियुक्ति दिनेतर्फ आवश्यक कदम उठाउन अख्तियारवाला समक्ष सुझाउ पठाउने भन्ने समेतको निर्णय भएकोमा आयोगले क्षेत्राधिकार नाघेर निर्णय गरेको छ भन्न सक्ने अवस्था नरहने। § आयोगको उल्लेखित निर्णय आफैले निवेदकको नियुक्ति बदर गरेको र त्यसको सट्टा अन्य अरु कसैलाई नियुक्ति दिए दिलाएको अवस्था नभई आफूलाई प्राप्त संवैधानिक र कानूनी अधिकारको प्रयोग गरी उल्लेखित निर्णय भएको हुंदा सो निर्णयलाई अन्यथा भन्न सक्ने अवस्था नदेखिने । § अनुचित कार्यको परिणती पनि अनुचित भइ गैरकानूनी हुने हुँदा गैरकानूनी कार्यको आधारमा कसैको हक सिर्जना समेत नहुने हुंदा आयोगले गैरकानूनी तरिकावाट भएको नियुक्ति बदर गर्न गराउन सिफारिश नै गर्न सक्दैन भन्नु गैरकानूनी कार्यलाई प्रश्रय दिनुको साथै कानूनी राज्यको समेत प्रतिकूल हुन जाने । § नेपाल अधिराज्यको संविधान र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन वमोजिम गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी नदेखिई सिफारिशसम्म गरेको र सो सिफारिश अनुसार कारवाई हुन वांकी हुंदा Immature अवस्थामा परेको प्रस्तुत रिट निवेदनवाट कुनै कारवाही गरिरहन नपर्ने । (प्र.नं. १२ र १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7299 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत प्रतिषेध समेत |
| निर्णय वर्ष / मिति | 2060/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7299 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
