नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7298 · वि.सं. २०६०
नि.नं. 7298 — निर्णय वदर समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट फैसला हुंदा यी पुनरावेदक स्वयं अदालतमा उपस्थित रही अदालतवाट भएको फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा हाजिर हुन गएको अवस्था रहेको देखिएकोले निजलाई पुनरावेदन अदालत पाटनवाट पुनरावेदनको म्याद दिइएको कार्यलाई कानूनसम्मत मान्न नमिल्ने । § पुनरावेदक स्वयंले पुनरावेदन अदालत पाटनवाट भएको फैसला लिखित रुपमा स्वीकार गरी सो फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा तारेखमा रही पूर्पक्ष गरिरहेको अभिलेखवाट देखिइरहेको हुंदा पुनरावेदन अदालतवाट भएको फैसला सोही मितिबाट नै यी पुनरावेदकलाई जानकारी भएको मान्नु पर्ने । § यी पुनरावेदकले पुनरावेदन अदालत पाटनवाट फैसला भएको लामो समय पछि मिति २०५५।१२।२६ मा पुनरावेदनको म्याद पाउं भनी पुनरावेदन अदालत पाटनमा निवेदन गरी उक्त अदालतवाट यी पुनरावेदकलाई पुनरावेदनको म्याद दिनु भनी भएको आदेश अनुसार मिति २०५६।८।२१।३ मा पुनरावेदनको म्याद पाएको भनी मिति २०५६।९।१९ मा यस अदालतमा दर्ता गर्न ल्याएको पुनरावेदन पत्र कानून वमोजिमको म्याद भित्र दर्ता हुन आएको मान्न नमिल्ने । (प्र.नं. १३ र १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7298 |
|---|---|
| मुद्दाको विषय | निर्णय वदर समेत |
| निर्णय वर्ष / मिति | 2060/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगीना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7298 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
