नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7297 · वि.सं. २०६०

नि.नं. 7297 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ समान प्रकृतिको कानूनी व्यवस्थाको सम्वन्धमा यस अदालतवाट प्रतिपादित सिद्धान्त त्यस्तै प्रकृतिको अर्को कानूनी व्यवस्थाको सम्वन्धमा लागू हुन नसक्ने वस्तुनिष्ठ आधार र कारण विद्यमान नरहेको अवस्थामा यस अदालतको बृहत पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्तसंग असहमत हुनुपर्ने अवस्था नदेखिने । § शैक्षिक योग्यताको प्रमाण पत्रवाट निवेदकको उमेर १५ अप्रिल १९४५ तद्अनुसार वि.सं.२००२।१।१ भन्ने देखिइरहेको र महालेखा परीक्षकका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२(३) को कानूनी व्यवस्था तथा यस अदालत बृहत पूर्ण इजलासवाट प्रतिपादीत सिद्धान्त समेतको आधारमा नोकरी प्रवेश गर्नु अघि नै प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएसम्म सो प्रमाणपत्रमा उल्लेखित जन्म मितिले नै मान्यता पाउने देखिएको हुँदा निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई मान्यता दिएको मिति २०५२।४।३१ को विपक्षी निजामती किताबखानाको निर्णय सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशनको आधारमा रद्द गरी सिटरोलमा लेखिएको उमेरको आधारमा जन्ममिति कायम गरिएको विपक्षी निजामती कितावखानाको मिति २०५८।८।५ को निर्णय तथा सोही मितिको पत्र तथा सो निर्णयको आधारमा रिट निवेदकलाई मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश दिनु भनी लेखिएको मिति २०५९।४।९ को पत्र समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । § निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको आधारमा उमेर गणना गर्दा मिति २०६०।१।१ मा निजको उमेर ५८ वर्ष पूरा भएको देखिएको र सोही मितिवाट निजले अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा सो मिति सम्म निजको सेवा अवधि मानी नियमानुसार निजले पाउने तलव भत्ता तथा सुबिधा समेत दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १० र ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7297
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2060/11/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7297
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्