नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7296 · वि.सं. २०६०

नि.नं. 7296 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत रिट निवेदनसंग सम्वन्धित कामकारवाहीमा विपक्षी प्रतिवादीका नाममा मिति २०५४।१०।२३ मा जारी भएको म्यादमा जिल्ला अदालत नियमावली र मुलुकी ऐन दण्ड सजायको ४२ नं. अनुसार खुलाउनु पर्ने सम्पत्ति र सोको मूल्य जस्ता कुराहरु खुलाई विगो भर्नु पर्नेको नाममा म्याद जारी गरिएको देखिन नआउँदा नियममा भएको व्यवस्था अनुसार वाध्यात्मक रुपमा सूचनामा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख नगरी टाँस गरिएको सूचनालाई कानून बमोजिमको सूचना मान्न नमिल्ने । § विपक्षी फुलियादेवीको एकासगोलको छोरा विपक्षी श्री नारायण यादवले लिलाम डांक बढावढ सम्वन्धी कामकारवाही बदर गरी विगो समेत दाखिल गराई जग्गा फुकुवा गराई पाउँ भनी अ. बं. ६१ नं. को कानूनी व्यवस्था अनुसार धनुषा जिल्ला अदालतमा निवेदन दिएको देखिएकोले त्यसलाई अन्यथा भन्न नमिल्ने । § एकासगोलकी आमाकोतर्फवाट दाखिल गरेको विगो धरौटीमा आम्दानी वाँधी डाँक सकार गर्नेका नाउमा म्याद जारी गर्ने आदेश जिल्ला अदालतवाट भैसकेको अवस्थामा त्यसलाई पुनः इन्कार गर्नु न्यायोचित देखिन नआउने । § कानून विपरीत टाँस गरिएको सूचनामा हाजिर भई विगो दाखिल नगरेको भनी विवादित जग्गा लिलाम गरी तयार गरिएको मिति २०५६।३।१३ को डांक बढावढ मूचुल्का तथा सोही मितिको डांक सकार गर्ने व्यक्तिको नाममा दाखिल खारेज गरिदिनु भनी भएको आदेश तथा डांक मुचुल्कालाई कानूनसम्मत ठहर गरेको धनुषा जिल्ला अदालतको मिति २०५६।३।३२ को आदेश बदर गरी ऋणीको एकासगोलको छोरा श्री नारायण यादववाट दाखिल हुन आएको रकम लिलाम सकार गर्ने व्यक्ति रिट निवेदक राजकिशोर यादवलाई फिर्ता दिई जग्गा फुकुवा गरीदिनु भनी भएको पुनरावेदन अदालत, जनकपुरको आदेशवाट निवेदकको दावी वमोजिम रिट निवेदकको सम्पत्ति सम्वन्धी अधिकार कानून विपरीत अपहरण गरिएको मान्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7296
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2060/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7296
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्