नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7292 · वि.सं. २०६०
नि.नं. 7292 — उत्प्रेषण युक्त उपयुक्त आज्ञा आदेश जारी गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विगो भरीभराउको दरखास्त परेको ३५ दिनसम्म पर्खन नियमले गरेको अनिवार्यताको विपरीत सम्पत्ति जायजात गर्न डोरखटाएको हुनाले जिल्ला अदालत नियमावलीको नियम ७४(४) र मुलुकी ऐन दण्ड सजायंको ४२ नं. को उल्लंघन भएको देखिनुको साथै पञ्चकृते मोल कायम गर्दा नियम ७५(५) अनुसार नजिकको कुनै अड्डाको प्रतिनिधि राख्नु पर्ने अनिवार्यतालाई पनि पुरा गरेको नदेखिंदा नियमले तोकेको अनिवार्य प्रक्रियालाई पुरा गरी डाँक लिलाम नगरी गरेको डाँकलिलामको काम कारवाईमा माथि उल्लेख भएका कानूनी प्रावधानहरुको त्रुटी विद्यमान रहेको देखिने । § पहिलो पटक डाकलिलाम गर्दा नै साहुले सकार गर्न पाउने हो भने दोश्रो लिलाम बढाबढ हुंदा समेत कसैले सकार नगरेमा दुनियाको विगोको हकमा पञ्चकृते मोलमा निवेदकले समेत सकार गर्न नचाहेमा अर्को चोटि लिलाम गराई रहन पर्दैन भन्ने वाक्यांश नियमावलीको नियम ७५(७) मा उल्लेख हुनुपर्ने प्रयोजन नदेखिने । § ऐन नियममा प्रयोग भएको कुनै शव्द वा वाक्यांश निरर्थक वा प्रयोजनहीन रुपमा प्रयोग भएको हुंदैन । ऐन नियममा प्रयोग भएको शव्द वा वाक्यांशलाई निष्क्रिय तुलाउने गरी व्याख्या गर्नु पनि हुंदैन । यसरी पहिलो पटक डाकलिलाम गर्दा कसैले सकार नगरेमा दोश्रो पटक लिलामको सूचना निकाल्नु पर्नेमा त्यसो नगरी पहिलो पटककै लिलाममा विगो भरी पाउने पक्ष प्रत्यर्थीले लिलाम सकार गरेको जिल्ला अदालत नियमावली २०५२ को नियम ७५(७) अनुरुप भएको भन्न नमिल्ने । § जिल्ला अदालत नियमावली २०५२ को नियम ७४(५) को प्रक्रियागत त्रुटी गरी महोत्तरी जिल्ला अदालतको तहसिल फांटले मिति २०५८।१।१८ मा पहिलो पटक डाकलिलाम गर्दा नै प्रत्यर्थीले नियम ७५(७) को विपरीत सकार गरेको डाकलिलाम माथि उजूर पर्दा तहसिल फांटले मिति २०५८।१।१८ मा गरेको डाकलिलामलाई सदर गर्ने गरी जिल्ला अदालतले मिति २०५८।२।१९ मा गरेको आदेश तथा उक्त आदेश माथि अ.वं. १७ नं. अनुसार उजूर पर्दा पुनरावेदन अदालत जनकपुरले मिति २०५८।२।४ र मिति २०५८।३।२१ मा गरेको आदेश र महोत्तरी जिल्ला अदालतले प्रत्यर्थीलाई दिएको चलन पूर्जी समेत उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्र.नं. १५ देखि १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7292 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण युक्त उपयुक्त आज्ञा आदेश जारी गरी पाउं |
| निर्णय वर्ष / मिति | 2060/12/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री बलिराम कुमार | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।२।६ को आदेश । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको राय मनासिव देखिन्छ । नियमानुसार गरी मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7292 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
