नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7266 · वि.सं. २०६०

नि.नं. 7266 — जवर्जस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले आफ्नो बयानमा जाहेरवालीको देवरसंग वारदात भन्दा केही दिन अगाडि झगडा भएको भनेकोमा निजका साक्षी टिकाप्रसाद अधिकारीले केही महिना अगाडि झगडा भएको भन्ने उल्लेख गरेको र अर्का साक्षी बुद्धिप्रसाद सापकोटाले सो घटनाको दिन यकिन गर्न सकेको नपाइएकोले त्यस्तो परस्पर वाझिएको बकपत्रको व्यहोरालाई प्रमाणयोग्य मान्न मिल्ने देखिन नआउने । § संलग्न कागज प्रमाणबाट देखिएको उल्लेखित तथ्यगत परिस्थितिको विश्लेषण गर्दा जाहेरवाली मिना सुनारले चार वर्षकी अवोध बालिकाको चरित्रलाई सुदूर भविष्यसम्म आघात पर्ने गरी कुनै बेकसूर व्यक्तिले आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भनि किटानी जाहेरी दिएको भन्ने स्वभाविक अवस्था रहेको नदेखिने । § प्रतिवादीले अदालत समक्ष बयान गर्दा वारदात भन्दा केहि दिन अगाडि निजको देवरसंग झगडा भएकोले सोही रीस इवीको कारणबाट जाहेरवालीले किटानी जाहेरी दिएको भनि लिएको जिकिर विश्वसनीय प्रमाणबाट पुष्टि हुन नआउने । § प्रतिवादी बासुदेव पौडेलले पीडित मौसम सुनारलाई अनुचित कार्य गरेको र प्रतिवादीको सो कार्यबाट पीडितको योनी सुनिएको तथा योनीबाट रगत निस्किएको भन्ने वारदातसंग सम्बन्धित मूलभूत तथ्यमा सारभूत रुपमा कुनै अन्तर नदेखिएकोले अभियोजन कर्ताबाट संकलित सबुद प्रमाणमा शंका उत्पन्न गर्नु मनासिव नदेखिने । § पीडितलाई परीक्षण गर्ने डाक्टर रमाशंकर दिपको अदालत समक्षको बकपत्रबाट समेत पीडितको भगोष्ट तथा योनीको बाहिरी भाग सुनिएको भन्ने देखिएको र वारदातको लगतै परीक्षण गरिएकी पीडितको त्यस्तो अवस्था प्रतिवादीको कसूर बाहेक अन्य कारणबाट भएको भन्ने विश्वसनीय आधार प्रमाण नदेखिने । § चार वर्षको उमेर भएकी अवोध बालिका प्रतिवादीको पाशविक कार्यको शिकार भएको स्पष्ट देखिएको र जवरजस्ती करणी जस्तो पीडितको चरित्रमा भविष्यसम्म असर पर्ने संवेदनशील मुद्दामा अनुसन्धानको क्रममा तथा अदालती कार्यवाहीको क्रममा भएको साना तिना त्रुटीहरुलाई केलाई अभियोजन पक्षद्वारा संकलित प्रमाणमा शंका देखाई कसूर स्थापित नै नभएको भनि प्रमाणित गर्न खोज्नु मनासिव नहुने । § प्रतिवादीलाई शंकाको सुविधा दिई अभियोग दावीबाट सफाइ दिने गरेको वर्दीया जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी गरी प्रतिवादी बाशुदेव पौडेलले जाहेरवालीकी चार वर्षीया छोरी पीडित मौसम सुनार उपर जवरजस्ती करणीको उद्योग गरेको ठहराई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ तथा ५ नं. बमोजिमको कसूरमा सोही महलको ३ नं.मा भएको तत्काल प्रचलित कानूनी व्यवस्था अनुसार प्रतिवादी बासुदेव पौडेललाई कैद वर्ष ३(तीन) सजायं हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्ने । (प्र.नं.२५ देखि २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7266
मुद्दाको विषयजवर्जस्ती करणी ।
निर्णय वर्ष / मिति2060/09/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री  अरविन्दनाथ आचार्यको राय । | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको रायसंग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको  राय सहित यस अदालत संयुक्त इजलासको मिति २०५९।१२।१४  को फैसला । | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्यको राय र पीडितको भगोष्ट सुनिएको र चोट समेत देखिएको अवस्था भएको हुंदा प्रतिवादीले जवर्जस्ती करणीको उद्योग गरेको ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सुशिला सिंह सिलुको राय भई संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्छ अरु तपसील बमोजिम  गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7266
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्