नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7265 · वि.सं. २०६०

नि.नं. 7265 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मानो छुट्टिएको वा जोडीएको कुराको लिखत पारित नै हुनुपर्ने रजिष्ट्रेशनको १ नं. को व्यवस्थालाई अंशवण्डाको ३० नं. ले अन्यथा गरेको भन्न नसकिने । § अंशवण्डाको लिखत पारित हुनुपर्ने प्रचलित कानूनी व्यवस्थाको अपवाद स्वरुप अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणलाई मान्यता दिएको हदसम्म सो ३० न. को सीमीत वा नियन्त्रित व्याख्या सम्म हुन सक्ने । § वकसपत्रको जग्गा नामसारी गर्ने क्रममा प्रतिवादी नरेन्द्र गोविन्दका सौतेनी आमा र सौतेनी भाईहरुले निजको नाउँमा नामसारी भएमा मन्जुरी छ भनी मालपोत कार्यालयमा लेखिदिएकै कारणले आफ्नो हक नै परित्याग गरिदिएको भन्न समेत नमिल्ने । § धेरैजना अंशियार मध्ये कुनै एकको नाउँमा कुनै सम्पत्ति नामसारी भएमा मन्जूरी छ भनी लिखत गरि दिंदैमा आफ्नो हक नै हस्तान्तरण हुने नभै दर्ता श्रेस्तामा कुन अंशियारको नाउँमा सम्पत्ति राख्नेसम्म कुराको सगोलको अंशियारहरुको मन्जूरी रहेको सम्म सो मन्जूरीनामावाट प्रमाणित हुन आउने र त्यति कुरा भन्दा वढी त्यसरी मन्जूर हुने अंशियारहरुले आफ्नो अंश छोडेको अथवा नामसारी गराई लिनेको एकलौटी हक हुने भनी मन्जूरी गरिदिएको भन्न नमिल्ने । § अंशियारहरुले परस्परमा कुनै एक अंशियारलाई एकलौटी हकको भनी नामसारी गर्न मन्जूरी दिंदा त्यस्तो मन्जूरी दिएको अभिप्राय सो लिखतवाट नै स्पष्ट हुनुपर्ने र अभिप्राय स्पष्ट नरहेको अवस्थामा नामसारीको मन्जूरीको लिखतवाट सो अभिप्राय रहेको अनुमान गर्न मिल्ने समेत नदेखिने । § प्रतिवादी नरेन्द गोविन्दले अंशवण्डाको महलको १८ नं. मा २०३४ सालमा संशोधन हुनुपूर्व शेषपछिको वकसपत्र प्राप्त गरी नामसारी गराई लिएको वादी प्रतिवादीका माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्द तर्फको सम्पत्ति समेत वण्डा लाग्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश.श्री मीनवहादुर रायमाझीको राय सदर हुने । (प्र.नं.१९ र २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7265
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2060/09/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको रायसंग सहमत नहुंदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) अनुसार निर्णयका लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५९।४।३१ को फैसला । | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय नमिलेको हुंदा सो सम्पत्ति वण्डा नलाग्ने राय व्यक्त गरेको माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय मिलेकै हुंदा सदर हुनुपर्छ भन्ने र सोही मिलानको प्रत्यर्थी प्रतिवादी जय गोविन्द मुल्मी समेको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्काले बहस जिकिर प्रस्तुत गर्नुभयो ।
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7265
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्