नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7261 · वि.सं. २०६०
नि.नं. 7261 — उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदक जस्तै समान अवस्था र परिस्थितीका प्र.ह. डम्वर वहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा निजलाई तल्लो पदमा घटुवा गर्ने गरी र रिट निवेदकलाई नोकरीवाट वर्खास्त गर्ने गरी भएको निर्णयमा असमानता र भेदभाव भएको देखिन आउने । § निवेदक सरहको कसैलाई कम सजाय कसैलाई वढी सजाय गर्ने गरी पुनरावेदकीय तहवाट निर्णय गर्दा सोको तथ्ययुक्त मापदण्ड र आधार कारण निर्णयमा खुलेको हुनुपर्छ तर प्रस्तुत निर्णयमा सो कुरा खुलेको नपाइदा निवेदकको सन्दर्भमा हेर्दा निवेदक समेतको पुनरावेदन उपर निर्णय गर्दा समान अवस्था र परिस्थितिका व्यक्तिहरुका वीचमा समान रुपमा निर्णय नभै भेदभावपूर्ण निर्णय भएको देखिने । § निवेदक उपर कानूनको प्रयोग भेदभावपूर्ण तरीकावाट गरी निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरी भएको निर्णयलाई कानूनसम्मत भन्न नमिल्ने हुंदा मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव महानिरिक्षकको निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरेको निर्णयलाई सदर गरेको मिति २०५७।६।१० को निर्णय एवं सोमा उल्लेखित २०५६।२।११ को निर्णय कारवाही समेत त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्धारा वदर हुने । § निवेदकलाई पनि प्र.ह. डम्वर वहादुर पुनको सरहको प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवाको सजाय कायम गरी प्र.ज. पदमा पुनर्वहाली गर्नु भन्ने विपक्षीहरुको नाउंमा परमादेश समेत जारी हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7261 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2060/08/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7261 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
