नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7260 · वि.सं. २०६०

नि.नं. 7260 — जीउमास्ने वेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदात हुंदाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलको १ नं. वमोजिम सजायको मागदावी लिएको देखिएपनि जाहेरवालीको जाहेरी दरखास्त २०४९ सालमा मात्र परेको देखिंदा जाहेरी दरखास्त पर्दा वहाल रहेको ऐनमा व्यवस्था भएको कार्यविधि अपनाई अनुसन्धान तहकिकात गर्न नमिल्ने र सो अनुसन्धानवाट संकलित सवुद प्रमाणले प्रमाणको स्थान ग्रहण गर्दैन भन्न नमिल्ने । § आफ्नै दाजु नाताका यि पुनरावेदक समेत भई ललाई फकाई भारत वम्वैको वेश्यालयमा लगि भा.रु.२५,०००।– मा विक्री गरी १० बर्ष सम्म वेश्यावृत्तिगर्न वाध्य वनाएको भनि किटानी साथ अदालतवाट प्रमाणित भएको वयानमा उल्लेख गरेका कुरा प्रमाणमा लिन नहुने भन्न नमिल्ने । § प्रमाणित वयानमा उल्लेख भएका कुरा झुठा हो भन्ने कुराको निज पुनरावेदक तर्फवाट कुनै ठोस सवुद प्रमाण पेश हुन नसकेको स्थितिमा अभियोग मागदावी वमोजिम मुलुकी ऐन जिउमास्ने वेच्नेको १ नं. वमोजिम २० बर्ष कैद गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7260
मुद्दाको विषयजीउमास्ने वेच्ने
निर्णय वर्ष / मिति2060/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7260
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्