नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7259 · वि.सं. २०६०

नि.नं. 7259 — लिखत वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो अंश भागमा आउने सम्पत्ति शेषपछि खान पाउने गरि वकसपत्र गरि दिन कानूनले वन्देज लगाएको नदेखिएकोले छोरी चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वक्सपत्र कानूनसम्मत देखिने । § मुलुकी ऐन, स्त्री अंशधनको २ नं. मा भिन्न भएका सधुवा वा विधुवा स्वास्नीमानिसले आफ्नो हकको चलमा सवै र अचलमा आधासम्म आफूखुस गर्न पाउने, सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल सवै आफूखुस गर्न पाउंछन भन्ने कानूनी व्यवस्था गरेको पाइदा विपक्षी चिनु तिमल्सिनालाई शेषपछिको वकसपत्र गरिदिंदा आमा क्षेत्र कुमारीले पुनरावेदक वादीको मन्जुरी लिएको भन्ने नदेखीदा निजको हक सम्म विवादीत शेषपछिको वकसपत्र वदर हुने । § अंश मुद्दामा कायम भएको ३ भागको १ भाग मध्ये आधा आमा क्षेत्र कुमारीले आफूखुस गर्न पाउने वाहेक आधामा आमा क्षेत्र कुमारी, फिराद नगर्ने छोरा झंकप्रसाद र यि पुनरावेदक वादी समेतको ३ भाग मध्ये पुनरावेदक वादीको १ भाग मात्र विवादीत मिति २०५१।१०।११।४ को शेषपछिको वकसपत्र वदर हुने । (प्र.नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7259
मुद्दाको विषयलिखत वदर
निर्णय वर्ष / मिति2060/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7259
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्