नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7257 · वि.सं. २०६०

नि.नं. 7257 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तामेली व्यहोरामा पटक पटक वुझाउन जाँदा वुझी नलिएको भन्ने उल्लेख भएकोमा टाँस गर्दा घरमा जेठानीहरु मात्र भएको निजी घर नरहे नभएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जग्गाधनीको वतन काठमाडौं महानगरपालिका वा.नं. ३ वालुवाटार रहे भएको भन्ने निज ज.ध. निवेदिकाकै निवेदनवाट दोखिन आउँछ । यसरी फरक ठेगानामा विवादास्पद तवरले लेखिएको तामेली व्यहोरालाई रितपूर्वक म्याद तामेल गरे भएको भन्न नमिली प्रत्यर्थिको जग्गा वाँडफाँडको सम्वन्धमा कानून बमोजिम सूचना दिई उचित सुनुवाईको मौका दिइएको भन्न मिल्ने नदेखिने । § जग्गाधनीको जग्गा वाँडफाँड गर्नु पूर्व निजको कानून बमोजिम सुनुवाईनै नगरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत जग्गा वाँडफाँड गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय काठमाडौको मिति ०५६।६।११ को निर्णय त्रुटीपूर्ण देखिंदा उक्त निर्णय सो हदसम्म उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7257
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2060/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री वलिराम कुमार | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय परलोक हुनु भएको हुंदा दस्तखत हुन नसकेको व्यहोरा प्रमाणित गर्दछु ।
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7257
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्