नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7255 · वि.सं. २०६०

नि.नं. 7255 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यी वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै वादीहरुको अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिन आउने । § भूमि सम्वन्धी ऐन, २०२१ प्रारम्भ हुनु अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर वनाएको रहेछ भने सो घरवारीको जग्गा विक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ क. को प्रतिवन्धात्मक वाक्यांशमा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम पक्की घर वनाई मोही वसोवास गरी आएको सो कि.नं. २७० को घर जग्गा हक हस्तान्तरण हुन सक्ने अवस्थाको भई उक्त घर जग्गामा वादीहरु समेतको वसोवास भएको कुरालाई प्रतिवादीहरुले अन्यथा भन्न नसकेको हुंदा सो जग्गा मोहियानी हकको भए पनि अंशबण्डा गर्न मिल्ने अवस्थाको देखिने । § वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै यी वादीहरुको् अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट यी वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिने । § प्रस्तुत मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेकोमा विवाद नभई प्रस्तुत मुद्दा परी तायदाती फां६वारी समेत पेश भइसकेपछिको अवस्थामा मोही र जग्गाधनीको वीचमा वांडफाड भई मानो छुट्टिएको मिति भन्दा पछि प्रतिवादी कृष्ण वहादुरको नाममा प्राप्त भएको अवस्थामा ती जग्गाहरु यो मुद्दा परि सकेपछि वाडंफाड भएको कारणले ती जग्गाहरुबाट वादीहरुले अंश पाउन सक्ने अवस्था नदेखिने । (प्र.नं. १५ देखि १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7255
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2060/02/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्