नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7254 · वि.सं. २०६०
नि.नं. 7254 — वकसपत्र वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वकसपत्रको लिखत प्रतिवादी कृष्णवहादुर महर्जनले प्रतिवादी लक्ष्मी थापालाई मिति २०५३।४।१५ मा गरी दिएको देखिन्छ । यी वादीहरुले आफ्नो ससुरा र लोग्ने समेत उपर मिति २०५४।९।१० मा अंश मुद्दा दिएको र यी वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर उपर मिति २०५४।९।१६ मा अंश मुद्दा दिएको देखिन्छ । यसबाट सो विवादको लिखत मिति २०५३।४।१५ मा गरी दिदाको अवस्थामा यी वादीहरु सरीता महर्जनको पति रवि कुमार र राधिका महर्जनको पति अमित कुमार आफ्नो वावुसंग र वादीहरु आफ्नो लोग्नेसंग एकासगोलमा रहेको देखिन आउने । § मुलुकी ऐन अंशबण्डाको १९ नं. को देहाय ज्ञ मा अचलमा आधिभन्दा वडी व्यवहारै चलाउन परे पनि एक्काइस बर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीहरुको मंजुरी लिई मात्र खर्च गर्न सकिने व्यवस्था गरेको पाइन्छ । उपरोक्त कानूनी व्यवस्था वमोजिम अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा प्रत्यक्ष अंशियारा स्वास्नी, छोरा वा विधवा वुहारीको मंजुरी लिनुपर्ने व्यवस्था भएको पाइदा अचल सम्पत्ति हक छाडी दिंदा सधवा वुहारीको मन्जुरी लिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको नपाइने । § विवादको हालै देखिको वकसपत्रको लिखत गरी दिने दाता कृष्णवहादुर महर्जनको यी वादीहरु सधवा वुहारीहरु भएकोले निज कृष्णवहादुरले आफ्नो अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा आफ्नो लोग्नेसंग एकासगोलमा रहेका वुहारीहरुले वादीहरुको मन्जुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था नभएकोले वादीहरुको मंजुरी नभएको कारणले निजहरुको ससुराले गरी दिएको हालै देखिको वकसपत्रको लिखत वदर हुनसक्ने अवस्था नदेखिने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7254 |
|---|---|
| मुद्दाको विषय | वकसपत्र वदर |
| निर्णय वर्ष / मिति | 2060/02/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7254 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
