नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7253 · वि.सं. २०६०

नि.नं. 7253 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ चोरहरु आई मृतकलाई मारेको भन्ने प्रतिवादीहरुको भनाईतर्फ विचार गर्दा चोरहरु आएपछि आफूसंग भएको घरको सांचो दिई आफू भागेको भनि प्र. रामवहादुरले अदालत समक्ष वयान गरेको पाइन्छ । आफू भाग्दा बुहारीलाई मारी सकेका थिए भन्ने निजको भनाई रहेकोमा घरको मुल ढोकानेर सुतेका यि प्रतिवादीलाई केही नगरी केही नभएकी बुहारीलाई मात्र मारे भन्ने निजको भनाई स्वाभाविक नदेखिने । § चोर आएपछि गाँउमा हल्लागरी गुहार माग्नु पर्नेमा त्यस्तो केही भएको देखिदैन । चोरहरुले वन्दुक पड्काए भनेकोमा वन्दुकको आवाज आई हल्ला भएको कसैले सुनेको देखिदैन । घरमा ३ ठांउमा सेन खनेको भनेकोमा वन्दुक वोकी ३ पटक फायर गर्दै आएको डाँकाहरुले सेन खने होलान भनी अनुमान गर्न नसकिने । § प्रतिवादीहरुको घटना घटेको रात मृतकसंग झगडा भएको र सवै प्रतिवादी सो दिन घरमानै भएको भन्ने कुरा मौकामा कागज गर्ने अजव कुमार शर्मा, रामकुमार महतो, राम उदागर महतोको वकपत्रवाट देखिन आँउछ । यस्तो अवस्थामा प्रतिवादीहरु अन्यत्र रहेको भन्ने नदेखिने । § मृतकको मृत्यु प्रतिवादीहरुको कर्तव्यवाट वाहेक अरु कारणवाट भएको भन्ने नदेखिएको र उक्त दिन चोर डाकाहरु आएको भन्ने पनि कुनै प्रमाणवाट नदेखिएको अवस्थामा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयानलाई शवपरीक्षण प्रतिवेदन जाहेरी दरखास्त, मौकामा वुझिएका राम उदागर महतो समेतको वकपत्र समेतले समर्थन गरेको देखिंदा निजहरुको अदालतमा भएको इन्कारी वयान लाई पुष्टि हुने अवस्था नदेखिने । (प्र.नं. २९ र ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7253
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/06/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7253
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्