नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7252 · वि.सं. २०६०
नि.नं. 7252 — वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै व्यक्तिलाई राज्यको के कुन निकायले कसरी वैयक्तिक स्वतन्त्रताको अपहरण गरी के कुन स्थानमा राखेको छ भन्ने कुराको यकिन जानकारी अदालतलाई उपलव्ध हुन नसकेको अवस्थामा अदालतले स्पष्ट र यकिन आधार वेगर अनुमानकै आधारमा कुनै निष्कर्षमा पुग्नु न्यायको रोहमा उपयुक्त नहुने । § निवेदकले निश्चित भै वताईदिएको स्थानमा वन्दी रहे नरहेको वारेमा सर्च वारेण्ट समेत जारी गरी वन्दीको खोजी अदालतले गर्न सक्दछ तर त्यस्को निमित्त निवेदकले नै अदालतलाई वन्दी रहेको स्थान निश्चित रुपमा वताई सहयोग पुर्याउनु पर्ने र त्यस्तो आधार विश्वसनीय समेत हुनु पर्ने । § वन्दी रहेको स्थान वारे निवेदिका र निजतर्फका कानून व्यवसायीले समेत निश्चित रुपमा वताउन सकेको अवस्था नहुदा वन्दी रहेको स्थान यकिन भएपछि पुनः निवेदन दिई वन्दीप्रत्यक्षीकरणको निवेदनद्वारा वन्दीको मौलिकहकको संरक्षणका निमित्त अदालतमा प्रवेश गर्न संविधानतः वाधा नपर्ने । (प्र.नं. १६ र १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7252 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2060/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7252 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
