नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7251 · वि.सं. २०६०
नि.नं. 7251 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक स्वयंको निवेदन पत्रको प्रकरण नं. १ हेर्दा २०४० सालमा आफू सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भएको र त्यस पछाडि सातौं तथा आठौं तहमा बढुवा हुँदा सहायक अधिकृत तह (प्र) पदमा बढुवा भई आएको भन्ने व्यहोरा उल्लेख गरेको हुँदा निवेदक शुरुमा नियुक्ति हुँदा लेखा शाखामा नियुक्ति भएतापनि प्रशासन सेवाको भनि निजले फाराम भरेको समेत देखिएको हुँदा निजलाई सेवा समेत परिवर्तन गरि सरुवा गरिएको भन्न नमिल्ने । § मिति २०५६।६।४ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार विपक्षीले २०५६।६।१० मा क्षयरोग लागेको कारणबाट सरुवा भएको स्थानमा जान नसक्ने भनी स्पष्टीकरण पेश गरेको देखिन्छ र निजलाई पुन सरुवा भएको स्थानमा गइ काम गर्न ताकेता गर्दा २०५६।९।२६ मा क्षयरोग निको भइ मधुमेह रोग लागेको भनि दुइ दुइ पल्ट स्पष्टीकरण दिएको कुरा निवेदन लेख र मिसिल संलग्न अन्य कागजातहरुबाट समेत खुलेको हुँदा सफाइको मौका प्रदान नभएको भन्न सक्ने अवस्था नदेखिने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7251 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2060/08/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7251 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
