नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7249 · वि.सं. २०६०

नि.नं. 7249 — बन्दिप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदिकाले निजको श्रीमानलाई प्रत्यर्थी मध्येको कुन निकायले पक्राउ गरी कुन स्थानमा वन्दी वनाएको हो भन्ने कुराको स्पष्ट निवेदन दावी लिन नसकी डिल्लीवजार कालिकास्थान पिपलवोट नजिकवाट एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाति लगेको भनी स्थानिय व्यक्तिहरुले वताएको भन्ने आधारवाट प्रस्तुत रिट निवेदन दिएको पाईयो । प्रत्यर्थी निकायहरुले निवेदिकाको श्रीमानलाई पक्राउ नगरिएको र हिरासतमा नराखीएको भन्ने लिखित जवाफ जिकीर लिएको सन्दर्भमा निवेदिकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई कस्ले कहाँ पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखीएको हो स्पष्ट खुलाई कागज गराउनु भनी यस अदालतवाट भएको आदेश वमोजिम निवेदिकाले ०६०।७।२६ मा गरि दिएको कागजमा ‘विपक्षीहरुको बिभिन्न हिरासत तथा ठाउँ परिवर्तन गरिएको भन्ने सुनेकी छु, विभिन्न हिरासत तथा जेलमा वुझ्न जाँदा कुनै व्यहोरा थाहा जानकारी नभएको भन्ने सम्बन्धित अधिकारीहरुको भनाई भएको’ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यसरी निवेदिकाका पतिलाई कसले पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखिएको भन्ने सम्बन्धमा निजले गरि दिएको उक्त कागजवाट खुलाउन सकेको नदेखिएको स्थितिमा निवेदीकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई यो यसले पक्राउ गरी यस ठाउँमा हिरासतमा राखिएको होलाभनी अदालत आफैले अनुमान गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7249
मुद्दाको विषयबन्दिप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2060/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्