नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7248 · वि.सं. २०६०
नि.नं. 7248 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दाता तोरणवहादुर थापाले प्रतिवादी सीता थापालाई ०५१।१०।१३ मा राजिनामा गरि दिएको विवादित सम्पत्ति पैत्रिक होइन भन्ने र तोरणवहादुर थापाले आफुखुस गर्न पाउने स्वआर्जनको सम्पत्ति हो भन्ने कुराको मिसिल संलग्न कागजातवाट पुष्टि समर्थन हुन नआएकोले र सगोलको त्यस्तो पैत्रिक सम्पत्ति सीता थापालाई राजिनामा गरि दिंदा निज तोरणवहादुर थापाले अन्य अंशियारहरुको मन्जुरी लिएको भन्ने कुरा पनि देखिन नआएकोले उक्त सम्पत्ति घर व्यवहार चलाउन विक्री गरेको उल्लेख गरेको भएता पनि के कस्तो घर व्यवहार चलाउनका लागि सो सम्पत्ति विक्रि गर्नु परेको हो भन्ने जस्ता मुलभूत कुराहरुको पुष्टि समर्थन हुन नसकिरहेकोले दाता तोरणवहादुरवाट पुनरावेदिका सीता थापाले राजिनामा गराई लिएको जग्गाको लिखतवदर नहुने भन्न मिल्ने स्थिति नदेखिने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7248 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2060/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7248 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
