नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7247 · वि.सं. २०६०
नि.नं. 7247 — हक कायम समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक वादीले मिति २०३४।१।३१ को घरसारको राजिनामाबाट विवादित जग्गामा आफ्नो हक हुन आएको भनि दावी जिकिर लिएपनि सोही जग्गा २०३७ सालमा प्रतिवादी विसुमायालाई कागज गरी फिर्ता दिएको देखिएबाट निजको फिराद माग दावी विश्वसनीय नदेखिने। § राजिनामाको लिखत मिति २०३४।१।३१ पछि २०३४।९।२७ मा नापी हुंदाका अवस्था फिल्डबुक उतारमा विवादित जग्गाको जग्गाधनीमा प्रतिवादी विसुमायाको नाउं उल्लेख भएको तथ्य समेत मिसिल प्रमाणबाट देखिन आएको स्थितिमा विवादित जग्गामा यि पुनरावेदक वादीको हक कायम हुन सक्ने नदेखिंदा वादी दावी अनुसार हक कायम भै दर्ता समेत हुने ठहर्याएको जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने। (प्र.नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7247 |
|---|---|
| मुद्दाको विषय | हक कायम समेत |
| निर्णय वर्ष / मिति | 2060/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7247 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
