नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7246 · वि.सं. २०६०

नि.नं. 7246 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अपराध गर्दाको अवस्था र निजले लाश अन्यत्र लगी राख्नु तथा लुगा र घटनास्थलमा लागेको रगतहरु पखाल्ने गरेको कारणवाट निजले आफ्नो अपराध दवाउन छिपाउन खोजेको हो कि भन्नलाई निज प्रतिवादी अदालतमा समेत आफ्नो कसूरमा सावित भई वयान गरेकोले न्यायिक प्रक्रियामा अपराधवाट वच्न खोजेको भन्न मिल्ने स्थिती नदेखिने। § प्रतिवादीहरु मागी खाने आर्थिक दुरावस्थाका भएका र ८, ८ जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ बर्ष देखि नै सधै रक्सी खाई झै झगडा कुटपिट गरी रहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवार प्रतिको कुनै जिम्मेवारी वोध नगर्ने, छोराछोरीलाई समेत विना कारण कुटपिट गरी घरवाट लखेटिदिने एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्ने सुकुवादीको सधैको उपरोक्त वमोजिमको व्यवहारवाट ८,८ वटा छोरा छोरीकी आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्ने प्रति असाध्यै घृणा उत्पन्न हुनु स्वभाविक देखिन आएको र त्यस्तो दुःखदाई जीवनवाट बिरक्तिई असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध हुन गएको देखिन आउँदा निज प्रतिवादीले कुनै नियोजित तरिकाले प्रस्तुत अपराध गरेको नदेखिने । § आफ्नो र आफ्नो छोराछोरीलाई जीवन पर्यन्त दुःख दिने गरेवाट त्यस किसिमको मनस्थिति उत्पन्न भै सो अपराध गरेको र निजका स–साना छोराछोरी समेत भएको स्थितिमा निजलाई ऐनले तोके वमोजिम सजाय गर्दा चर्को पर्ने भै अपराध गर्दाको पारीवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण दुःखदाई जीवन, नावालक छोराछोरी समेत भएको र मागी खाने निम्नस्तरको महिला मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ बर्ष सम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने । (प्र.नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7246
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2060/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7246
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्