नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7245 · वि.सं. २०६०

नि.नं. 7245 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदातको दिन अर्थात मिति २०५८।१२।२१ का दिन यि प्रतिवादी कल्लु धोवी ज्यालादारी मजदुरीको रुपमा जाहेरवालाकै खेतमा यिनै मृतक चिनक अहिर निज चिनकको श्रीमती र छोरी समेत भई गहुं काटेको कुरामा विवाद देखिएन । यसरी दिनभरी सगसाथै मिलिजुली काम गरेका यि पीडित र पिडकको बीचमा कुनै पूर्व रिसइवी अदावत रहेकोे वा निज प्रतिवादीले मृतकलाई मार्नुपर्ने सम्मको अन्य कुनै कारण भएको भन्ने कुरा मिसिल संलग्न कागजातबाट देखिदैन । § त्यसका अतिरिक्त यी प्रतिवादीले कर्तव्य गरेको कुरालाई किटानीसाथ जाहेरी दरखास्तमा उल्लेख गरेको भएता पनि कारणको सम्बन्धमा अनभिज्ञता व्यक्त गरेको देखिन्छ । अनुसन्धान तहकिकातको क्रममा भएको बयान कागजमा निज प्रतिवादीले दिनभर जाहेरवालाकै खेतमा निज मृतक र आफू समेत मिलिजुली गहूं काट्ने काम गरेको र सांझपख निज मृतकसंग जग्गा सम्बन्धी विवाद भएकोले हंसियाले १ पटक प्रहार गरेको भनि गरेको बयानलाई अदालतमा समेत स्वीकार गरी यी प्रतिवादीले न्यायिक प्रक्रियालाई जटिल वनाउन तिर नलागी सहज बनाएको देखिने । § दिनभर संगसाथै मिलिजुली काम गरेको व्यक्तिलाई मार्नुपर्ने सम्मको कारण नदेखिएको र जग्गा सम्बन्धी विषयमा सामान्य विवाद उत्पन्न भई हसियाले एकपटक प्रहार गरेको मार्ने सम्मको रिसईवी नभएको र सो कुरा अदालतमा समेत स्वइच्छा पूर्वक बयान गरेको अवस्थामा निज प्रतिवादी कल्लु धोवीलाई कानूनले तोकेको हदसम्म सजायं गर्दा चर्को पर्ने देखिंदा इन्साफको रोहबाट कसूर अनुसार अ.वं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजायं हुने । (प्र.नं. १५ र १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7245
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/08/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7245
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्