नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7244 · वि.सं. २०६०
नि.नं. 7244 — जोत कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदीका विष्णु कुमारीले विवादीत कि.नं. १५३ को जग्गाको मोही हक मिति २०३७।१२।२७ मा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र सो छोडपत्रको आधारमा महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानले आफ्नो नाउमा मोही कायम गराई पाउं भनी कारवाई चलाएपछि मात्र मोहियानी हक छाड्न मञ्जुर छैन भनी जिकिर लिएको अवस्था देखिएकाले मोही पजनी मुद्दा र प्रस्तुत मुद्दामा रहेको तथ्यमा समानता देखिन नआउने । § प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६क आकर्षित हुने नभै ऐ.ऐनको दफा २५(४)(क) को व्यवस्था नै आकर्षित हुने हुंदा पुनरावलोकनको निस्सा दिने आदेशमा उल्लेख गरिएको प्रतिपादित सिद्धान्त प्रतिकूल यस अदालत संयुक्त इजलासवाट फैसला भएको भन्न सकिने अवस्था नरहेकाले पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२ को आदेश संग सहमत हुन नसकिने । § न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा जुन आधारमा पुनरावलोकन गर्ने आदेश गरेको हो, सोही आधार र सम्बद्ध बिषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था समेत देखिएकाले प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा आधार लिइएको नजीर सान्दर्भिक नदेखिने । § पुनरावलोकनको निस्सा प्रदान गर्दा लिइएको आधार नै सान्दर्भिक नदेखिई पुनरावलोकनको निस्सा दिएको परिधि भीत्र प्रस्तुत मुद्दा परेको नदेखिएकोले उक्त ऐनको दफा १३ बमोजिम मुद्दाको औचित्य र विषयवस्तुमा प्रवेश गरी यस अदालतको संयुक्त इजलासको मिति ०५७।२।१८ को फैसला पुनरावलोकन गरी हेर्न नमिल्ने । (प्र.नं.२६ र २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7244 |
|---|---|
| मुद्दाको विषय | जोत कायम |
| निर्णय वर्ष / मिति | 2060/07/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7244 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
