नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7243 · वि.सं. २०६०

नि.नं. 7243 — नेपाल अधिराज्यको संविधान २०४७ धारा ८८(१)(२) वमोजिम उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाँउ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ देशको हालको वर्तमान बिषम परिस्थितिको आवश्यकताको रुपमा आतङ्ककारी तथा विध्वंसात्मक (नियन्त्रण तथा सजाय) ऐन, २०५८ विधायिकाले नै बनाएको र त्यस ऐनमा नै आतङ्ककारीहरुले देशको शांति सुरक्षा तथा आर्थिक क्रियाकलाप समेतमा अवरोध ल्याएकोले त्यस्तो कृयाकलापमा संलग्न आतंककारीलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिन सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्न सक्ने व्यवस्था गरेकोमा त्यस्ता ऐन कानूनको आवश्यकता र औचित्य माथि संविधान प्रतिकूल नभएसम्म यस अदालतले विचार गर्न नमिल्ने । § संविधानद्वारा नै संरक्षित नागरिकको आधारभूत मानव अधिकार प्रतिकूल कुनै कानून वन्छ वा निणर्य हुन्छ भने त्यतिवेला यस अदालतले संविधानको धारा ८४, ८८ समेतद्वारा प्रदत्त असाधारण अधिकार प्रयोग गरी न्यायिक पुनरावलोकन हुन सक्ने । § ऐनको दफा २२ ले आतंककारी तथा विध्वंशात्मक कार्य गर्न गराउन प्रमुख भूमिका निर्वाह गर्ने व्यक्तिलाई पक्राउ गर्ने वा पक्राउ गर्न सहयोग पुर्‍याउने व्यक्तिलाई श्री ५ को सरकारले उचित ठहर्‍याएको पुरस्कार दिन सक्नेछ भनी गरेको व्यवस्था संविधान प्रतिकूल रहेको भन्ने निवेदकको भनाइरहेको नहुँदा त्यस तर्फ विचार गरी रहन नपर्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7243
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान २०४७ धारा ८८(१)(२) वमोजिम उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाँउ
निर्णय वर्ष / मिति2060/07/13
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7243
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्