नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7191 · वि.सं. २०६०
नि.नं. 7191 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शान्ति सुरक्षाको प्रत्याभूतिको लागि वनाइएका सवै व्यवस्थाहरु सवैले थाहा पाउनै पर्ने प्रकृतिको हुनुपर्छ भन्न नहुने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ को प्रतिवन्धात्मक वाक्यांशले कानून वमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाइएको मानिने छैन भन्ने व्यवस्था गरी कानून वमोजिम गोप्य राख्नुपर्ने ठहर भएका बिषयलाई प्रकाशित गर्न नपर्ने र सवैले सो को जानकारी पाउनु नै पर्छ र पाउने संवैधानिक हक नै हो भन्ने अर्थ गर्न नमिल्ने § विशेष सेवा ऐनको उद्देश्य नेपाल अधिराज्यको सुरक्षा व्यवस्थासंग सम्बन्धित भएको र सो सम्बन्धमा सो ऐनको दफा १२ ले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न श्री ५ को सरकारले आवश्यक नियमहरु वनाउन सक्नेछ र त्यस्ता नियमहरु श्री ५ को सरकारले सार्वजनिक रुपमा प्रकाशन गर्ने छैन भनी गरेको व्यवस्था संविधानको धारा १६ को प्रतिकूल रहेको नदेखिने । § निवेदक जुन सेवामा कार्यरत रहेको हो सो सेवा सम्बन्धी नियमावलीले समान कार्य प्रकृति भएको अन्य सेवामा श्री ५ को सरकारले सेवा परिवर्तन गरी सरुवा गर्न सक्ने र प्रहरी नियमावलीले समेत अन्यत्र सेवावाट सरुवा भई आउन सक्ने कुरालाई स्वीकार गरेको अवस्था देखिन आएवाट यसरी भएको सरुवावाट निवेदकको पेशा रोजगार गर्ने हकमा कुनै आघात परेको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.न. १७ र १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7191 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2060/03/19 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7191 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
