नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7190 · वि.सं. २०६०

नि.नं. 7190 — प्रतिषेध परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रचलित कानून संविधानसंग बाझिएको वा प्रतिकूल भएको अवस्थामा मात्र अमान्य घोषित हुन सक्ने हुंदा निष्क्रिय वा खारेज भइसकेको कानूनलाई असंवैधानिक घोषणा गरी अमान्य हुन्छ भन्नु पर्ने आवश्यकता नहुने । § निवेदनमा संविधानसंग बाझिएको भनी अमान्य घोषणा गर्नुपर्ने माग गरिएको स्थानीय स्वायत्तशासन ऐन, २०५५ को विवादित दफा २३९ मा संशोधन भई साविकको व्यवस्था नै कायम नरहेको अवस्थामा हाल प्रचलनमा नरहेको सो कानूनी व्यवस्था संविधानसंग वाझिएको छ, छैन भनी निरोपण गरिरहनुको कुनै औचित्य नरहने । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7190
मुद्दाको विषयप्रतिषेध परमादेश समेत
निर्णय वर्ष / मिति2060/04/29
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7190
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्