नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7189 · वि.सं. २०६०
नि.नं. 7189 — लिखत दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मानो चामल छुट्टी भान्सा अलग गरी आएको छु भन्ने प्रतिवादीको भनाइ रहेतापनि कुन मिति देखि मानो भान्छा अलग गरी मानो छुट्याई बसेको हो सो कुरा पुष्टि हुने वस्तुनिष्ट प्रमाण देखाउन र पेश गर्न सकेको नदेखिंदा केवल अदालतमा परेको विवादको जवाफ दिने प्रयोजन स्वरुप चलिरहेको मुद्दामा लगाएको प्रतिउत्तरमा लेखिएको जिकिरबाट मात्रै त्यस्तो महत्वपूर्ण र दुरगामी असर दिने विषयवस्तु स्थापित हुन नसक्ने । § विवादको सम्पत्ति सगोलको नभएको निजी आर्जनबाट खरीद गरेको भन्ने प्रतिवादी अजय कोइरालाले प्रतिउत्तर जिकिर लिए पनि सो जग्गा प्रत्यर्थी वादीहरु समेतको अंश हक लाग्ने भनि अंशियार बीचको विवादका सम्बन्धमा शुरु र पुनरावेदन अदालतले गरेको निर्णय उपर यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन समेत नगरी निज प्रतिवादी अजय कोइराला सो फैसलालाई चित्त बुझाई बसेबाट सो फैसला निजको हकमा अन्तिम भै रहेको देखिने । § विवादको जग्गा अंशियारको मन्जूरी वेगर निजहरुको हकमा असर पर्ने गरी लिखत गरी दिन प्रतिवादी अजय कोइरालालाई कानूनले अधिकार प्रदान गरेको छ भन्न नसकिने । § सगोलको सम्पत्ति अंशियाराहरुको मन्जूरी नदेखिए मन्जूर नगर्नेको हक जति फिर्ता हुने लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको पाइदा वादीहरुको समेत अंश लाग्ने सगोलको सम्पत्ति वादीहरुको मन्जूरी नलिई पारित गरेको मिति २०५१।३।२७ को लिखत मध्ये मन्जूर नगर्ने ६ जना वादीहरुको हक जतिको लिखत बदर गरी यी प्रतिवादीका नाउंमा भएको दर्ता समेत बदर गरी प्रत्यर्थी वादीहरुका नाउंमा दर्ता समेत हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने । (प्र.नं. १५ देखि १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7189 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2060/02/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने । | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वाले पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने भनी व्यक्त गरेको ठहर रायसंग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत हुन सकिएन । प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५७।१०।१८ को फैसला । | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वाको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले प्रतिवादी अजय कोइराला छुटी भिन्न भएको व्यक्ति होइन । वादीहरुको अंशीयार नै हुन् । एकासगोलको निजी आर्जनको नठहरिने जग्गा सगोलको भै सबै अंशियारको भाग लाग्ने हुन्छ । अजय कोइराला घरको मुख्य व्यक्ति नभएकोले अरु अंशियारको मन्जूरी बिना सगोलको सम्पत्ति बिक्री गरेको कानूनसम्मत नहुंदा ७ भागको ६ भाग लिखत बदर हुने ठह | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7189 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
