नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7187 · वि.सं. २०६०

नि.नं. 7187 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कपाली तमसुक र करारनामाको लिखत अलग अलग ब्यवहार प्रमाणका लिखत भएतापनि यिनै दुई पक्षका वीच यी दुई लिखत भएको र पहिले कपाली तमसुक गरी रुपैया लिनु दिनु भएको र पछिबाट रुपैया कर्जा लिने ऋणीलाई नै रुपैया दिई निजको जग्गा पास गरि लिने शर्त राखी करारनामाको लिखत भएको देखिई यी दुई लिखत अलग अलग प्रकृतिका हुने भएपनि लिखतका पक्षहरु एउटै र यिनै पक्षहरुका वीचको व्यवहार मिलाउन भए गरेको देखिएवाट वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ सदर गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने । (प्र.न. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7187
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2060/03/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग मतैक्य हुन नसकिएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आर्चायको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५८।१०।३ को फैसला । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो । त्यसैगरी प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री मनोज दवाडीले अघिवाट भएको कपाली तमसुकलाई पछि भएको करारनामाको लिखतले स्वतः समाप्त पारेको छ । करारनामाको लिखत हुंदा पहिलेको लेनदेन समेतको हिसाव गरी भएको हो । तसर्थ वादी दावी नपुग्ने ठहरेको माननीय न्यायाधीश केदारनाथ आचार्यको राय सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7187
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्