नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7181 · वि.सं. २०६०

नि.नं. 7181 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि ऐनले अघि भोगी वा प्राप्त गरी सकेको सुविधा हक सम्बन्धी काम कुरामा प्रतिकूल असर पार्न सक्दैन । अधिको ऐनबाट प्राप्त हक र सुविधामा असर पार्नको निमित्त उक्त ऐनमा प्रष्ट रुपमा व्यवस्था गरिएको हुनुपर्छ अर्थात भूतलक्षी रुपमा आएको हुनुपर्छ तर प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दोश्रो संशोधनले श्री ५ को सरकारको स्वामित्व भएको जग्गामा मोहियानी हक नलाग्ने सम्बन्धी गरेको कानूनी व्यवस्था भूतलक्षी रुपमा लागू नभै मिति २०२५।७।९ देखि मात्र प्रारम्भ भएको देखिन्छ । यस व्यवस्थाबाट भूमि सम्बन्धी ऐन, २०२१ को दोश्रो संशोधन पूर्वको कानूनी व्यवस्था बमोजिम प्राप्त गरिएको वा भोगी सकेको हक र सुविधा दायित्वमा प्रतिकूल प्रभाव पारेको भन्न नमिल्ने । § पुनारावेदक र पुनरावेदकका दाताले समेत विवादित जग्गा पारित गराई लिँदा वादीलाई ज.घ. स्वीकार गरी जग्गा खरिद गरेको अवस्था समेत देखिनाले शुरुले दावी खारेज गर्ने गरेको इन्साफ उल्टी गरी वादी बमोजिम बाबुको मृत्यु पछि निजका छोरा यी वादी बन्सी राउत अहिरको नाउँमा मोहियानी नामसारी गर्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा पु.वे.अ. को इन्साफ सदर हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7181
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2059/09/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7181
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्