नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7178 · वि.सं. २०६०
नि.नं. 7178 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीको अधिकार प्राप्त अधिकार समक्ष भएको बयान स्वेच्छाको होइन भने पनि त्यसको पुष्टि गर्न नसकेकोले प्रहरीमा भएको सावितीलाई लास बरामद भएको स्थिति, लास जाँच प्रकृति, लास जाँच विवरण समेतबाट समर्थित भएको स्थिततिमा सा साविती र त्यसबाट स्वभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने देखिने । § सर्जमिनका मासनस समेतले अदालतमा उपस्थित भै बकपत्र गर्दा प्रतिवादी राजकुमारले मारेको हो भनी पोल गरी बकपत्र गरेको समेतका कारण प्रमाणबाट प्रतिवादी राजकुमार मण्डलले अघनु मण्डललाई कर्तव्य गरी मारेको कुरा पुष्टि हुन आएकाले पतिवादी राजकुमार मण्डललाई जन सम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरुको फैसल सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देख्रिंदा सदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7178 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2060/01/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7178 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
