नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7175 · वि.सं. २०६०

नि.नं. 7175 — लागु औषध (टिडिजेसिक वुप्रिनर)

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लागु औषध वरामद भएको वरामदी मुचुल्कामा प्रतिवादी रोहवर्मा बसेको र उक्त मुचुल्कामा गरेको सही हस्ताक्षर आफ्नो होइन भन्न नसकेको अवस्थामा रोहवर मा बसेको कुरालाई अन्यथा भन्न नमिल्ने । § प्रतिवादिबाट २१० ओटा टिडिजेसिक व्रुपिनोरफिन इन्जेक्सन वरामद भएको हुँदा त्यत्रो मात्रामा वरामदी समान अरु कारणबाट लिई हिंडेको हो भनी भन्न सक्ने अवस्था मिसिलबाट नदेखिनुका साथै निज बाट बरामद भएको लागु औषध टिडिजेसिकलाई National Forensic Science Laboratory बाट परिक्षण गरी मिती २०५२।५।२८ मा प्राप्त प्रतिवेदनमा त्यस्तो इन्जेक्सन परीक्षण गर्ने प्रविधी नभएको भन्ने उल्लेख गरे पनि विषेशज्ञको रायमा AS mentioned in the label Sample Contains narcotic drug Buprenorphine उल्लेख भएको तथा बरामदी लागु औषध को सेम्पल लेवलमा लेखिएको कुरालाई अन्यथा प्रमाणित हुन नसकेको अवस्तामा उक्त पदार्थ लागु औषध टि डि जेसिक होइन भनी अनुमान गर्न नमिल्ने । § मिती २०५१।२।२ को नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार पनि उक्त २ Ml को ampoule मा बरामद भएको टि डि जेसिक नाम Buprenophine injection लागु औषधकै परिभाषा भित्र परेको देखाई निज ले आफुसँग साथमा रहेको लागु औषध ,लागु औषध ऐन ,2033 को दफा १२ बमोजिम ऐन र ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेश बमोजिम प्राप्त गरेओ वा राखेको हो भनी प्रमाण पेश गर्न समेत नसकेको देखिदा निज लाई लागु औषध ओसारपोसार गरेको ठहर गरी आइ शुरू धनुषा जिल्ला अदालत कैद वर्ष २ गरेको मनासिव ठहर गरी जरिवाना सम्म नगरेको इन्साफ केही उल्टी गरी प्रतिवादीलाई लागु औषध नियन्त्रण ऐन , २०३३ को दफा १४ (१) (झ )बमोजिम रु १,००,०००। एक लाख जरिवाना सेमत हुने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7175
मुद्दाको विषयलागु औषध (टिडिजेसिक वुप्रिनर)
निर्णय वर्ष / मिति2059/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7175
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्