नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7169 · वि.सं. २०६०
नि.नं. 7169 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सामाजिक लोकलज्जाबाट बच्ने अभिप्रायले प्रतिवादिले आफु गर्भवती भएको कुरा माईती तर्फ आमालाई पनि नबताएको,अरु कसैलाई पनि थाहा नहुने गरी बच्चा जन्माएको , जिवित बच्चालाई मारेको र मारी सकेपछी म्रितक लाशलाई कपडाले पोको पारी घर देखी तल वारीमा लागि लाशलाई लुकाउने समेतको कार्य गर्दा अरुले थाहा नपाउने गरी गरेको भन्ने समेटा तथ्यगत अवसाथा प्रतिवादिको वयान व्यहोराबाट देखिदा आरोपित कसुर निजले गरेको कुरा शंकारहित किसिमले पुष्टी हुन आउने । § प्रतिवादीको उमेर , वारदात्को प्रक्रिती र सामाजिक लोकलज्जाबाट वच्न गरेको भन्ने कारणबाट सजाय तोक्दा चर्को हुने भनी अ वं १८८ नं बमोजिम ५ (पाँच )वर्ष कैदको सजाय गर्न उपयुक्त हुने भन्ने राय सम्बन्धमा विचार गर्दा,प्रतिवादी सम्झना लामिछाने ढकाल निज को उमेर ,घतनको प्रिष्ठभुमी र सामाजिक परिवेश समेतको आधारमा सो ५ (पाँच ) वर्ष कैद सजाय पनि चर्को हुने देखिदा निज हालसम्म थुनामा रहेको अवधी १।७।११ (एक वर्ष सात महिना एघार दिन ) कैदको सजाय गर्द पनि न्यायको मक् सद पुरा हुने हुँदा सो अनुसार कैद्को सजाय हुने गरी साधक सदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7169 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2059/12/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री वलिराम कुमार |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7169 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
