नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7167 · वि.सं. २०६०
नि.नं. 7167 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रमाण ऐन ,२०३१ को दफा १८ मा कुनै आमा घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वाव जांच बुझको सिल्सिलामा प्रचलित नेपाल कानुन बमोजिम तयार भएको कुनै लिखितमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ती साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अदालतबाट जारी भएको म्याद अनुसार अदालतमा उपस्थित भई आफ्नो व्यहोरा समर्थन हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा जाहेरी दर्खास्तको व्यहोरा तथा अनुसन्धान अधिकारि समक्ष कागज गर्ने टिप्पणी प्रसाद निरौला समेटा को कागजको व्यहोरालाई उल्लेखित कानुनी व्यवस्था अनुसार प्रमाण मा लिन नमिल्ने । § प्रतिवादिले मर्ने सम्मको मनसयइवी रखी छुरी हानेको र अन्य व्यक्तिहरुको अवरोधको करण मार्न भने नपाएको भन्ने अवस्थाको पुष्टी हुन सकेको भन्न नमिल्ने । त्यसैले मार्ने सम्मको काम गरी सकेको भन्ने अवस्था नदेखिदा ज्यान सम्बन्धीको १५ नं आकर्षित नहुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7167 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2059/10/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7167 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
