नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7164 · वि.सं. २०६०

नि.नं. 7164 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मतदाता नामावली सम्बन्धी ऐन, २०५२ को व्यवस्था नेपाल अधिराज्यको संविधान,२०४७ को धारा १०४ सँग के कसरी वाझिन गएको छ भन्ने सम्बन्धमा निवेदनमा स्पस्ट जिकिर लिन सकेको पाईदैन । यसको अतिरिक्त ऐनको दफा २२ को व्यवस्था निर्वाचन अदालतको हकमा लागु हुने छैन भन्ने व्यवस्था सोही ऐनको प्रतिवन्धात्मक वाक्यांशमा गरिएको पाईन्छ । उत्प्रेषण युक्त परमादेशको रिट निवेदन्मा न्यायिक विशिष्टिकरणको सिद्धान्त अनुरुप निर्वाचन सम्बन्धी प्रश्न निर्वाचन विशेष अदालत बाहेक अन्यत्र उठाउन नपाउने गरी गरेको कानुनी व्यवस्था नेपाल अधिराज्यको संविधान , २०४७ को (धारा ८८ (२) सँग नवाझिने (ने का प ०५६ अंक ७ पृष्‍ठ ४९६) भनी सिद्धान्त समेटा प्रतिपादन भएको अवस्थामा उक्त दफा २२ संविधानको धारा १०४ सँग वाझिएको भन्न नमिल्ने । § निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएको व्यक्ती कुनै किसिम्बाट अयोग्य भएमा अर्को कुनै उमेदवार वा निजको वेरसले उजुर गर्न सक्ने व्यवस्था स्थानिय निकाय (निर्वाचन कार्यविधी)ऐन ,२०४८ को दफा २० मा गरिएको व्यवस्था समेतबाट कुनै पनि गैरनेपाली नागरिक मतदाता हुन वा उमेदवार हुन सक्ने अवस्था नदेखिने। § स्थानीय निर्वाचनमा निर्वाचित उर्लने छिरिङ्ग तामाङको हकमा निज गैर नेपाली नागरिक ठहर भै निजलाई निर्वाचित पदाधिकारीको सुचीबाट हटाईएको भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय रशुभको लिखित जवाफ भएको र हाल सो पद नै कायम नरहेकोले सो तर्फ समेत केही बोलिरहनु नपर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7164
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2060/01/18
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री राम नगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7164
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्