नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7160 · वि.सं. २०५९

नि.नं. 7160 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनको ब्यवस्थालाई प्रशासकीय कारवाही नै किन नहोस उल्लघन गरेको देखिन हुन्न । कानूनले निर्धारण गरेको प्रक्रियाको पालना नगरि आफनै तजबिजको आधारमा गरिएको निर्णय कानूनको दृष्टिमा स्वेछाचारी (Arbitrary) ठहरिन्छ र यस्तो स्वेच्छाचारी निर्णय कानूनी राज्यको अवधारण विपरीत हुने भएबाट कानून प्रतिकूल मानिने । § कुनै ब्यक्तिको बिरुद्धमा कुनै काम कारवाही अगाडि बढाई निजको हक विपरीत निर्णयमा पुग्न त्यस्ता ब्यक्तिलाई सुनुवाईको मौका दिनु प्राकृतिक न्याय सिद्धान्त भित्रको बिषय भएको र यो न्यायका मान्य सिद्धान्त भित्र पर्ने देखिन्छ । प्रशासकीय निकायहरुबाट अधिकारमा आघात पर्ने गरि ब्यक्तिका हकहित विपरीत निर्णय गर्दा पनि सुनुवाईको मौका दिनु पर्ने र सुनुवाईको मौका नदिई ब्यक्तिका हकहित विपरीत निर्णय गर्न नहुने सिद्धान्त सर्व स्वीकार्य हुँदै आएको परिप्रेक्ष्य यस अदालतबाट पनि Audi Alteram Partem को सिद्धान्तलाई बिभिन्न मुद्दाहरुमा आफनो निर्णयको आधार बनाएबाट सुनुवाईको मौका दिनु पर्ने सिद्धान्त हाम्रो न्याय ब्यवस्थामा पनि मेरुदण्डको रुपमा रहेको । § निबेदकलाई इशाई धर्म प्रचार गर्ने धर्म परिबर्तन गराएको भनिएको कानून विपरीतको कार्य सम्बन्धमा निजलाई बुझि सफाईको मौका सम्म नदिई एकतर्फि रुपमा मिति २०५९।६।१४ मा भिषा रद्द गर्ने र ५ बर्षका लागि नेपाल अधिराज्यबाट निष्काशन गर्ने सम्बन्धमा भएको मिति २०५९।७।८ को निर्णय तथा मिति २०५९।७।११ को पत्रको आधारमा निजको भिषा रद्ध गर्ने र निष्काशन गर्ने लगायतका कार्यहरु प्राकृतिक न्याय सिद्धान्त विपरीत भए गरेको देखिएकोले मिति २०५९।६।१४, २०५९।७।८ को निर्णय र ०५९।७।११ को पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7160
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2059/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7160
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्