नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7159 · वि.सं. २०५९

नि.नं. 7159 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकको जन्ममितिको सम्बन्धमा मिति २०५७।१।१६ मा भएको निर्णय बदर गरी सिटरोलमा उल्लेख गरिएको निजको जन्ममिति कायम गर्दा निवेदकलाई त्यस सम्बन्धमा आफ्नो कुरा भन्न सुन्न पाउने मौका वा अवसर नदिई निजको सेवा अवधिमा प्रतिकूल असर पर्ने गरी निवेदकले कानून बमोजिम सच्याई सकेको जन्ममिति बदर गर्ने गरेको निर्णय तथा काम कारवाही प्राकृतिक न्याय सिद्धान्तको रोह रीत अनुकूल भएको देखिन आएन भनी यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भैसकेको समेत देखिदा सो सिद्धान्त समेतको आधारमा निवेदनको सम्बन्धमा मिति २०५७।१२।१५ को च.नं. १४९८ को पत्र कानूनन् नमिली उक्त पर्चा लगायत सोसँग सम्बन्धित सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7159
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2059/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7159
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्