नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7157 · वि.सं. २०५९
नि.नं. 7157 — जवर्जस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन जिकिर बमोजिम ढिलो जांच भएकै कारणले जवर्जस्ती करणीका चिन्हहरु नभेटिएको भन्न नसकिने । शरीरमा लाग्ने चोटहरु ५ दिन पछि परीक्षण हुँदा मेटिई सक्ने अथवा कन्याजाली च्यातिएकै भएपनि ५ दिन पछि परीक्षण हुँदा सो नदेखिने भनी भन्न नमिल्ने । § गर्ने प्रमाण ऐन, २०३१ को दफा २५ ले फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित भार वादीको हुनेछ भन्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा प्रस्तुत मुद्दामा वादी पक्षले शंकारहित तवरले आफ्नो दावी प्रमाणित गर्न सकेको देखिएन । यस्तो अवस्थामा सिर्फ शंकाको आधारमा मात्र जवर्जस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसूरदार ठहर्याउनु फौजदारी न्यायशास्त्रको विपरीत हुने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7157 |
|---|---|
| मुद्दाको विषय | जवर्जस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2059/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7157 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
