नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7153 · वि.सं. २०५९
नि.नं. 7153 — हक कायम दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालती वन्दोवस्तको २९ नं. को देहाय ८ मा ” अड्डा सम्बन्धी काम कुरामा सरकारी कर्मचारी उपर वा त्यस्तो कर्मचारीका साथ अन्य व्यक्तिहरु समेत उपर नालिस दिनु पर्दा माथि दफा दफामा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो मुद्दा वादी रहेको वा सो काम कुरा भए गरेको इलाकाको पुनरावेदन अदालतमा दिनु पर्छ र सो बमोजिम त्यस्तो कर्मचारीलाई तारेखमा राख्नु पर्दैन” भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । कानूनको यस व्यवस्था अनुसार अड्डा सम्बन्धी काम कुरामा सरकारी कर्मचारीले लापरवाहीपूर्ण तरिकाले वा वद्नियतसाथ कुनै काम गरेमा त्यस्तो कर्मचारीले गरेको कार्यवाट असर पर्ने पक्षले कर्मचारीवाट भएको कसूरजन्य कार्य यकिनसाथ उल्लेख गरी सम्बन्धित कर्मचारी तथा अन्य कुनै व्यक्ति भए त्यस्ता व्यक्तिलाई समेत प्रतिवादी कायम गरी फिराद गरेको अवस्थामा मात्र पुनरावेदन अदालतको अधिकारक्षेत्र आकर्षित हुन सक्ने देखिन्छ । उक्त कानूनी व्यवस्थाको बनोटको सामान्य व्याख्या गर्दा पनि अड्डा सम्बन्धी काम कुरामा कार्यालयलाई प्रतिवादी वनाई फिराद दायर गर्न सक्ने देखिन नआउँने । § सर्भे नापी हुंदा विवादीत जग्गाको जग्गाधनी तथा किसानको महल खाली जनिएकोले श्री ५ को सरकारको नाममा मिन्ही जनाई दर्ता गरी मोठ श्रेस्ता समेत तयार गरिएको बिषयलाई लिएर दर्ता समेत वदर गरि पाउँ भनी अ.वं. २९ नं. को देहाय ८को सहारा लिई मालपोत कार्यालय धनुषा लगायतका कार्यालयलाई प्रतिवादी कायम गरी पुनरावेदन अदालतमा दायर गरिएको फिराद प्रथम दृष्टिमा नै कानून बमोजिमको देखिन नआउँदा फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला मनासिव ठहर्ने । (प्र.नं. १४ र १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7153 |
|---|---|
| मुद्दाको विषय | हक कायम दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2059/11/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7153 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
