नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7151 · वि.सं. २०५९
नि.नं. 7151 — कर्तव्यज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत मुद्दाका प्रतिवादीका हकमा पुनरावेदन अदालतले निजलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको भए तापनि विशेष ऐन (वालवालिका सम्बन्धी ऐन, २०४८) को प्रावधानका आधारमा सो को आधा १० वर्ष र ९ महिना कैदको सजाय गरेको हुँदा साधक जाहेर गर्ने सम्बन्धी कानूनी व्यवस्थाहरु अ.बं.१८६ नं. र न्याय प्रशासन ऐन, २०४८ को दफा १० प्रस्तुत मुद्दाका सम्बन्धमा पनि आकर्षित हुने । § सामान्य कानून अनुसार कुनै अभियुक्तलाई कसूरदार ठहर गरी सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय भई कुनै विशेष ऐनले दिएको सुविधा अनुसार निजलाई कम सजाय हुन्छ भने अरु कसूरदार सरह निजका हकमा पनि प्रचलित कानून बमोजिम नै साधक जाहेर गर्नुपर्ने नै देखिने । § मुद्दाको रोहबाट सर्वस्वसहित जन्मकैद हुने ठहरे तापनि निज अभियुक्तका हकमा विशेष ऐनले प्रदान गरेको सुविधाको आधारमा कम सजाय हुने भै साधकको रोहबाट विचार हुनुपर्ने भएकोले प्रस्तुत मुद्दा कानून बमोजिम साधकको रोहबाट हेर्नका लागि संयुक्त इजलासमा पठाउनुपर्ने । (प्र.नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7151 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान |
| निर्णय वर्ष / मिति | 2059/11/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7151 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
