नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7150 · वि.सं. २०५९
नि.नं. 7150 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मिति २०५६।८।२४ मा दुवै पक्ष वीच सम्पन्न वार्ताको माइन्यूटको फोटोकपी हेर्दा श्रम ऐन, २०४८ को दफा ७८(३) वमोजिम ट्रिव्युनल गठन गर्ने कुरामा निवेदक कम्पनीको व्यवस्थापन पक्ष समेतको सहमति भएको कारणले निवेदक कम्पनीले प्रत्यर्थी कर्मचारीहरु श्रम ऐनको दफा ७८ वमोजिमका कर्मचारी भएको कुरालाई स्वीकार गरेकै अवस्थामा श्रम कार्यालयमा वार्तामा सहभागी आफ्ना प्रतिनिधिहरु नेपाली भाषाभाषी नभएका कारणले वार्ताको परिणामलाई नै वुझ्न नसकी अन्यथा भएको भन्ने निवदेकको जिकिर युक्तिसंगत मान्न नसकिने । § सरकारी कामकाजको भाषा नेपाली भएको हुँदा सो को जानकारी निवेदकलाई हुनुपर्ने र सरकारी कार्यालयमा वार्तामा जांदा भाषा सम्वन्धी समस्याको समाधान गर्न दोभाषेको वन्दोवस्त गर्नुपर्ने जिम्मेवारी पनि सम्वन्धित पक्षको नै हुने । § एकपटक ट्रिव्युनलको गठन प्रकृयामा सहमति जनाएर आफ्नै सहमतिमा गठित ट्रिव्युनल समक्ष आफ्ना भनाइहरु प्रस्तुत समेत गरी ट्रिव्युनलको अधिकारक्षेत्र स्वीकार गरिसकेपछि त्यसको निर्णय आफ्नो अनुकूल नभएको कारणबाट पछि आएर आफैले विवाद उठाई त्यसको गठन प्रक्रिया नै कानून अनुरुप छैन भन्न निवेदक कम्पनीलाई अधिकारक्षेत्र प्रतिको समर्पणको सिद्धान्त समेतले नदिने । (प्र.नं. २८ र २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7150 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2059/04/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय । | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय सदर भई रिट जारी हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय सदर गरी रिट निवेदन खारेज गरीपाउं भन्ने वहस जिकिर प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय सदर भई रिट निवेदन खारेज हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो । | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय सदर हुने । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7150 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
