नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7149 · वि.सं. २०५९
नि.नं. 7149 — बेरीतको आदेश बदर गरी पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(३) मा निषेधाज्ञा वा परमादेशका लागि निवेदन परेकोमा पुनरावेदन अदालतले लिखित जवाफ माग गर्दा उपयुक्त संझेमा अन्तरिम आदेश पनि जारी गर्न वा नगर्न सक्ने र जारी भइरहेको अन्तरिम आदेश खारेज समेत गर्न सक्ने व्यवस्था भइरहेको देखिन्छ । नियमावलीको सो व्यवस्था बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने र खारेज गर्नुपर्ने अवस्था के कति कारणबाट पर्न गएको हो सो आदेशमा खुलाउनु पर्ने । § तल्लो अदालतबाट कारण नखुलाइएको अथवा खुलाइएको कारण कानूनसम्मत छ छैन भनी मुलुकी ऐन अ.बं. १७ नं. बमोजिम रीत वेरीत सम्बन्धमा पुनरावेदन सुन्ने तालुक अड्डाको हैसियतले यस अदालतबाट आवश्यकता अनुसार मिसिल झिकाई, कैफियत तलव गरी बुझी वेरीत भएको देखिएमा कानून बमोजिम गर्न लगाउनु पर्ने । (प्र.नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7149 |
|---|---|
| मुद्दाको विषय | बेरीतको आदेश बदर गरी पाऊँ |
| निर्णय वर्ष / मिति | 2059/11/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री वलिराम कुमार |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7149 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
