नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7148 · वि.सं. २०५९
नि.नं. 7148 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजामती सेवा नियमावली, २०५० को नियम २५(२) बमोजिम निर्धारीत प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा त्यसरी नियुक्त भएका कर्मचारीलाई हटाउन सकिने व्यवस्था गरेको देखिएपनि सो नियमावलीमा प्रयुक्त ........ ‘‘त्यसरी नियुक्त भएको कर्मचारीको परीक्षणकाल भित्र लेखि आएमा निजलाई अवधिभित्र हटाउनुपर्ने छ‘‘ भनी नियुक्ति अनियमित ठहर भएको खण्डमा परीक्षणकाल भित्र मात्र हटाउन सकिने अन्यथा नियुक्ति सदर हुन जाने अवस्था देखिन आउने । § प्रत्यायोजित अधिकार प्रयोग गरी पदपूर्ति गरिएको प्रक्रिया अनियमित भएको अवस्था देखिन आएमा त्यस्तो पदमा नियुक्त व्यक्तिलाई परीक्षणकाल भित्र नै हटाउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहे भएकोमा निवेदकलाई परीक्षणकाल पूरा भए पछि सेवावाट अवकास दिएको देखिंदा सो अवकास दिने गरी दिएको बिपक्षी आयुर्वेद स्वास्थ्य केन्द्रको मिति २०५६।११।२४ को पत्र र तत् सम्बन्धी भए गरेको निर्णय र काम कार्यवाही कानून अनुरुप भएको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १४ र १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7148 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2059/12/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7148 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
