नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7147 · वि.सं. २०५९
नि.नं. 7147 — जालसाजी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि मुद्दामा घरव्दार पत्ता लगाई मानिस चिनी म्याद तामेल गर्ने दायित्व र जिम्मेवारी तामेलदारको हुन्छ । अन्य व्यक्तिहरु भनेका रोहवरमा वस्ने मानिससम्म हुन । म्याद तामेलीमा मुख्य भूमिका हुने तामेलदार माथि मुद्दा दायर नभई रोहवरमा वस्ने अन्य व्यक्ति माथि मात्र मुद्दा दायर गरेको देखियो । मुख्य कारणीलाई नै प्रतिवादी नवनाई दायर भएको प्रस्तुत मुद्दा दर्ता नै गर्नु नपर्नेमा दर्ता गरी निर्णय निरोपण गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको ठहर सम्म पुनरावेदन अदालतको मिति २०५६।१।२२।४ को फैसला मनासिव देखिने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7147 |
|---|---|
| मुद्दाको विषय | जालसाजी । |
| निर्णय वर्ष / मिति | 2058/11/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7147 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
