नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7121 · वि.सं. २०५९
नि.नं. 7121 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नियुक्तिका लागि उपयुक्तताको परिक्षण गर्ने अधिकार पाएका कर्मचारीहरुलाई नियुक्ति सम्वन्धि प्रक्रिया तोकि एकरुपता ल्याउन र नियमित गर्न लोक सेवा आयोगवाट अधिकार प्रत्यायोजन भए वमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका, २०५१ वनाएको पाइन्छ । जस्लाई अक्षरस पालना गरी नियुक्तिका लागि उपयुक्तता परिक्षण गर्ने अधिकारीको लागि वाध्यात्मक कर्तव्य हुने। § लोक सेवा आयोगवाट प्रत्यायोजित अधिकार अन्तर्गत नियुक्ति प्रक्रिया पुरा गर्नु पर्नेमा रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका, २०५१ को रित नपुर्याई नियुक्ति गरेको र सोको आधारमा नियुक्ति पाएका कर्मचारीहरुको नियुक्ति समेत लोक सेवा आयोगवाट वदर भै सकेको अवस्थामा त्यस्तो प्रक्रिया नै नपुर्याई वेरीतसंग पदपूर्ति गर्ने निवेदक जिल्ला वन अधिकृत उपर कानून वमोजिम विभागिय कार्यवाहिको लागि सिफारिस गरिएको कारणवाट मात्र रिट निवेदकको अधिकार हनन् भएको भनि मान्न नमिल्ने। (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7121 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2059/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7121 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
