नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7120 · वि.सं. २०५९

नि.नं. 7120 — लिखत दर्ता वदर दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वण्डापत्र पारीत भै सकेपछि यि पुनरावेदक वादीहरुको आफ्नो सम्पत्ति वण्डापत्रमा परेको नदेखिएपछि के कसो भएको रहेछ वुझ्ने कार्य स्वभाविक भै सोही मुताविक मिति २०५२।१२।१८ मा नक्कल सारी लिएको र सो मितिवाट ३५ दिन भित्रै अर्थात २०५२।१२।२१ मा फिराद परेको देखिन आएवाट थाहा पाएको ३५ दिन नाघि फिराद परेको भन्न नमिलि ऐनका म्याद भित्र फिराद परेका देखिने। § जहां कानूनद्वारा नै स्पष्ट रुपमा अनिवार्यता व्यवस्था गरेको हुछ सोको परिपालना हुनुपर्ने हुन्छ । कानूनले अनिवार्य गरेको व्यवस्था पुरा भएको अवस्थामा मात्र मन्जुरी भएको ठहरी लिखत पक्का हुने हुंदा कानून व्यवस्था गरे वाहेकका अन्य आधारमा मन्जुरी रहेको भनि भन्न नमिल्ने हुंदा कानून वमोजिमको मन्जुरीको अवस्था विद्यमान नभएको स्थितिमा वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति २०५४।८।१० को इन्साफ उल्टी हुने। (प्र.नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7120
मुद्दाको विषयलिखत दर्ता वदर दर्ता ।
निर्णय वर्ष / मिति2059/01/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7120
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्