नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7118 · वि.सं. २०५९

नि.नं. 7118 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकलाई प्रहार गरेको काठको कुर्सीका खुट्टा समेत वरामद भएको र प्र. विदर लामाले आफू वारदातमा संलग्न रहेको कुरालाई स्विकार गरेको समेत देखिंदा रीक्सावाट लडेको रीसको झोकमा सो स्थानवाट घरतर्फ जान अलिपर पुगेपछि पुनः फर्कि आएर दोश्रो चरणमा मृतक तथा धाइतेहरु लाई काठको टुक्रा समेतले टाउंको जस्तो संवेदनशील भागमा पटक पटक प्रहार गरेको देखिंदा निज प्र.को मृतकलाई मार्ने मनसाय थिएन भन्न सकिने अवस्था नरहेन । § चोट एक पटक मात्र नभै धेरै पटक हुनुको साथै शरिरको अन्य भागमा निलडाम समेतका चोटहरु देखिएको हुंदा प्र.ले आवेशमा आई प्रहार गरेको भनि प्रस्तुत कसुरमा ज्यान सम्वन्धी महलको १४ नं. आकर्षित हुने अवस्था देखिएने। § वारदात हुनु अगाडी मृतक समेत चढेको रीक्सा भीम राईले पल्टाई दिई झगडा हुंदा हात हालाहाल सम्म भएको र सो पछि सवै जना घर तर्फ जांदा विदर लामाको प्रहारवाट मृतकको मृत्यु भएको हो भनी घटनाका प्रत्यक्षदर्शीहरुले वकपत्र गरेका देखिंदा भिम राईको लातमुक्का प्रहार समेतवाट मृतकको मृत्यु भएको हो भन्ने अभियोग मिसिल संलग्न प्रमाणवाट समर्थित हुन नआउने। § प्र. विदुरलामा स्थानीय प्रहरी समक्ष कसुर स्विकार गरी आत्मसमर्पण गरेको तथा अदालतमा वयान गर्दा समेत कुटपिट गरेको स्वीकार गरेको देखिंदा निजलाई ऐन बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने महसुस भएकोले अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १० हुने। (प्र.नं. २५ देखि २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7118
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2059/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7118
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्