नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7116 · वि.सं. २०५९
नि.नं. 7116 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानून वमोजिम स्थापित संगठित संस्थाको अभिप्राय तथा अनुरोध समेत नभएको र कम्पनीको स्थिति विद्यमान रहेकै अवस्थामा कम्पनी ऐन नियम वमोजिम नियुक्त तथा व्यवस्थित हुने सम्पूर्ण कर्मंचारीलाई श्री ५ को सरकारले अवकाश दिने तथा कम्पनी स्थानान्तरण गर्ने भन्ने व्यहोराको निर्णय गर्न पाउने कानूनी आधार समेत मन्त्रिपरिषद सचिवालयबाट आउन सकेको छैन। त्यसरी कम्पनी कानून वमोजिम नियुक्त तथा व्यवस्थित हुने सम्पूर्ण कर्मचारीहरुलाई कानूनले निर्दिष्ट गरेको प्रक्रिया विना संचालक समितिको अनुरोध भन्दा वाहिर गई निर्णय गर्न पाउने कानूनी आधार श्री ५ को सरकारलाई नरहने। (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7116 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2059/07/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7116 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
