नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7114 · वि.सं. २०५९
नि.नं. 7114 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अंशवण्डाको १९(१) नं. मा ‘पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधा सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफुखुस गर्न पाउंछ । अचलमा आधि भन्दा बढि भने व्यवहार चलाउनै परेपनि एक्काईस बर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीहरुको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन’ भन्ने उल्लेख भई रहेको पाईन्छ । प्रतिवादीहरुले उपरोक्त जग्गा लिनु दिनु गर्दा वादी मध्येका डायमण्ड र ज्याक्सन बसौला एक्काईस बर्ष नाघेका नदेखिंदा कानूनन् निजहरुको मन्जुरी आवश्यक नदेखिने। § प्रतिवादी शुभाषचन्द्र बसौलाले आधा भन्दा बढि नै जग्गा विक्री व्यवहार गरेको देखिन आउंछ। यस स्थितिमा विवादको उक्त जग्गा विक्री गर्दा उपरोक्त कानूनी व्यवस्था अनुसार वादी भगवती बसौलाको मन्जुरी लिनु पर्नेमा लिएको अवस्था नदेखिंदा निजको हक जतिको चार भागको एक भाग लिखत वदर भई हक कायम समेत हुने ठहराएको पुनरावेदन अदालत, पोखराको २०५५।१०।५ को फैसला मनासिव देखिंदा सदर हुने । (प्र.न.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7114 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2050/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7114 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
